हनिप्रित पोखरामा हुन सक्ने आंशकामा आजतक टिम पोखरामा


पोखरा – भारतीय गुरु रामरहिम को धर्म पुत्री भनिएकी हनिप्रितको खोजी नेपालमा पनि भइरहेको बताइएको छ । भारतका केही मिडियाले हनिप्रित नेपालको काठमाण्डौ र पोखरामा हुन सक्ने आशंका गरेपछि नेपालको सुरक्षा निकायले विशेष चासो का साथ लिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

हनिप्रित पोखरामा पनि हुन सक्ने आंशकाले भारतीय चर्चित टेलिभिजन आजतकका टिम पोखरा आएको छ । सो टिमले कास्कीको सुरक्षा निकाय एवम् यहाँका केही पत्रकार सगँ भेटघाट गरी सुचना समेत संकलन गरेको छ । आजतक टोलीका सदस्यहरु श्रीवेन्द्र श्रीवास्तव, निरज कुमार र जितेन्द्र त्रिपाठीले पोखराको रेडियो बाराहीमा आएर हनिप्रितका बारेमा चासो राखेका थिए ।

हनिप्रित,जसको वास्तविका नाम प्रियंका तनिजा हो उनको बारेमा केही जानकारी भएमा ,प्रहरी प्रशासन या कुनै पनि रेडियो टेलिभिजनमा सुचना गरिदिन स्थानिय प्रशासनले समेत आग्रह गरेको छ ।