चियापान गरिए कडा कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी


 काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठलगायतका चाडपर्व लक्षित चियापान आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले चियापान वा जलपान कार्यक्रम गर्न नपाइने प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ छ ।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आयोजना गरिने हरेक चियापान राजनीतिक उदेश्यले प्रेरित हुने भएकाले चियापान गर्न नहुने बताए ।

कांग्रेसले मंगलबार मात्रै विज्ञप्ति निकालेर कोजाग्रत पूर्णिमाको दिन ३ सय ३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा चियापान गर्ने घोषणा गरेको छ ।