मुक्तक पोखराको अध्यक्षमा प्राञ्जल सर्वसम्मत रुपमा चयन


पोखरा –  मुक्तक पोखराको अध्यक्षमा प्राञ्जल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । मञ्चको छैटौँ अधिवेशबाट ९ सदस्यी कार्य समिति सर्वसम्मत चयन भएको हो । मञ्चको उपाध्यक्षमा भरतराज पौडेल, सचिवमा रामजीप्रसाद आचार्य, कोषाध्यक्षमा गौरी तमु र सहसचिवमा रोशन ‘तल्कोटे’ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा के. आर. ढकाल, भरत पोखरेल, अनिता दाहाल र शशी अधिकारी ‘सकिला’ रहनुभएको छ ।
मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा सल्लाहकारद्वय रुपिन्द्र प्रभावी र कृष्ण देवकोटा सदस्य रहेको निर्वाचन समितिले कार्यसमितिको घोषणा गरेको थियो । विधानअनुसार २ जना सदस्य मनोनयन गरिने नवचिर्वाचित अध्यक्ष प्राञ्जलले जानकारी दिनुभयो ।

अध्यक्षमा निर्वाचित भएपछि प्राञ्जलले आफ्नो कार्यकालमा मुक्तक उत्सव, मुक्तक सञ्चयन प्रकाशन, मुक्तकसम्बन्धी अन्य संस्थासँग सहकार्यलगायतका कार्यव्रmम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गुल्मीका स्थायी वासिन्दा रही करिब १ दशकदेखि पोखरामा रहेर साहित्य साधना गरिरहनुभएका प्राञ्जल यसअघि मञ्चका उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसअघि सम्पन्न १० औँ साधारणसभाले अध्यक्ष सरला लामिछाने ‘सरु’ले प्रस्तुत गर्नुभएको प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो ।