युरोप संयोजकमा डा. विनय श्रेष्ठको उम्मेदवारी


बार्सिलोना/ गैर आबासीय नेपाली संघको युरोप क्षेत्रीय संयोजक पदमा  स्विटजरल्यान्डबाट डा. बिनय श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका डा. श्रेष्ठले संघको आठौ बिश्व सम्मेलन नजिकै गर्दा उम्मेदवारी घोषणा गरेका हुन्।

स्विट्जरल्याण्डसमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत डा. श्रेष्ठ बिगत एक दशक यता संघको अभियानमा सक्रिय रुपमा लागेका छन्। युरोप संयोजक पदमा धेरै आकाक्षींहरु देखिए पनि डा.श्रेष्ठलाई योग्य उम्मेद्वारको रुपमा लिईएको छ। उनले संघका अभियन्ताहरुसँगको लामो छलफल पछि बुधबार एक बिज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।  

गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्डका संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठले दुई कार्यकाल सम्म अध्यक्षको जिम्मेबारी सम्हालेका थिए। उनले संघका बिभिन्न कार्यदलहरुमा समेत जिम्मेबारी पुर्बक भूमिका निर्बाह गरेका छन्।

डा. श्रेष्ठले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै :-
आदरणिय एनआरएन सँघका अग्रज अभियन्ता र प्रिय एनआरएन मित्रहरू,

एनआरएन सँघको आगामी अन्तर्राष्ट्रिय साधारण सभाले नयाँ नेतृत्वको चयन गर्दैछ। विगत एक दशकदेखि म यो अभियानमा अनवरत आबद्ध रहेको तथ्य सबै एनआरएनकर्मीहरूलाई अवगतै भएको कुरा हो। यस सन्दर्भमा, सँघको ‘युरोप संयोजक’ को गौरवशाली जिम्मेवारी निर्वाह गर्न म इच्छुक रहेको कुरा यहाँहरू समक्ष अनुरोध गर्न चाहन्छु । आगामी दिनहरूमा तपाईंहरूका चासो र सुझाव सुन्दै अन्तरकृया गरिरहने नै छु ।

मेरो उमेदवारी केका निम्ति ?

  • गैरआवासीय नेपाली सँघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै आईसीसीसँग रचनात्मक सहकार्य र समन्वय गर्ने।
  • युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने।
  • सँघको विकेन्द्रिकरणमा जोड दिई युरोप क्षेत्रलाई अझ सशक्त क्षेत्रका रुपमा स्थापित गराउने र केन्द्रीय नीतिनिर्माण र योजनाहरुमा प्रत्यक्ष संलग्न रहने।
  • सँघको संस्थागत चुनौतिहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पु‍र्‍याउने।
  • युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र कार्यान्वयन गर्ने
  • नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्ने। साथै, संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिने।

मैले आफूलाई किन सुयोग्य ठानेँ ?

  • सामाजिक संस्थामा र पेशागत रूपमा दीर्घकालिन विचार, कार्यनीति र भिजन लिएर नेतृत्वदायी र उच्चस्तरिय व्यवस्थापनका साथ काम गरेको अनुभव
  • विगत एक दशकदेखि अनवरत रूपमा सँघको जिम्मेवार पदहरूमा सेवारत

संलग्नता :

  • संस्थापक उपाध्यक्ष (सन २००८-२००९), गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
  • अध्यक्ष (२००९-२०११ र २०११-२०१३) गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
  • आईसीसी सदस्य (२०१५-२०१७) स्विटजरल्यान्डको प्रतिनिधित्व
  • साथै सँघका विभिन्न समितिहरुमा रही काम गरेको अनुभव
  • क्यान्सर रोग विशेषज्ञ। १४ वर्षदेखि स्विटजरल्यान्डमा कार्यरत। नेपाल र युरोपमा उच्चस्तरिय पेशागत अनुभव र शिक्षा

शिक्षा:

  • एम.बि.बि.एस. (नेपाल)
  • एम.डी. (स्विटजरल्याण्ड)
  • बायोमेडिकल ईन्जिनियरिङमा स्नातकोत्तर (स्विटजरल्याण्ड)
  • एफ.एम.एच. रेडिएसन अंकोलोजी विशेषज्ञता (स्विटजरल्याण्ड)
  • संस्थागत काममा खटिन र सामाजिक सेवामा प्रतिबद्ध