बालापनको तीजलाई फर्केर सम्झदा


– दिनेशराज रेग्मी

बार्सिलोना,स्पेन

 सानो उमेर अनि सबै जना तिजको रमझम सगै उत्साह बोकी नयाँ कपडा किन्न र सिलाउन व्यस्त रहने त्यो पल आफैमा स्मरणीय छ । 

आहा ! त्यो समय स्कुलको कुरा गर्दै गर्दा , बर्से बिदा अनि फेरि स्कुल खुल्दाको पल अझ मनमोहक हुन्थो । तिजमा नयाँ नयाँ कपडा किन्ने सबै बच्चाहरुमा एउटा छुट्टै उत्साह तर आफु भने अबसर पाए पनि स्कुल डेर्स सिलाउनु पर्ने बाध्यता,तर पनि नया कपडा पाउदाको खुशी आफैमा मनग्य छ ।

नयाँ कपडा सिलाउन फेरि दर्जी दाईकोमा सार्है भीड, उफ ! “तिजमा बनि सक्ला कि नै ? आफैमा ठुलो तनाब र दोधार मनमा आउने गर्थो ।
तर दर्जी दाई भन्दै थिए ढुक्क हुनुहोस्, “दशैँ सम्म त पक्का नै बन्छ तर मेरो बाबा भन्नु हुन्थो, कहाँ त्यस्तो हुन्छ ? सुन मेरो कान्छा लाई यो तिजमा नै सिलाईदिनु पर्छ । बरु ज्याला अलि बढी नै दिउला नि कसो ? उ बिस्तारै मुन्टो हल्लाएर हुन्छको संकेत गर्थो अनि त म खुशी ले बुर्कुस मार्दै बाबाको हात छोडेर एक्लै भाग्ने गर्दथे ।

साउन भदौको भेल, खोला नाला बढी रहेका हुन्छन् , चिप्लो बाटो यातायात र संचारको कुनै सुबिधा हुदैन तर परम्परा सस्कृति अनुसार दीदी बहिनि छोरी चेलीलाई तिजमा माईति बोलाउदा ठुलाठुला खहरे खोला पनि, दाजुभाईले हात समाउदै तारेको अझै पनि मानसपटलमा ताजा नै छ । तर कहिले काही त कतिले खोला तर्दै गर्दा साना साना बच्चाको साथमा ज्यान गुमाएको पनि यी आखाले धेरै पटक देखेका छन ।

त्यसैले चाहे नयाँ कपडाको बाहनाले होस् वा दीदी बहिनीको ओहोरदोहोर गर्दाको सम्झनाले किन नहोस् ? मेरो मानस पटलमा तिज आउने बितिकै बालापनको तिजले मलाई त्यतै तिर हरेक साल बोलाई रहेको हुन्छ । अनि  म बिदेशमा रहे पनि सम्झनाको माध्यमबाट पर्बत खुर्कोट गई रहन्छु, धेरै याद बोकेर हरेक साल अझ हरितालिका तीज नजिक आउदै गर्दा मलाई प्रत्यक बर्ष बोलाई रहेको हुन्छ ” मेरो ठाउले मेरो गाउले” ।

तर अलि अनौठो लाग्छ यो तीजको परिवेश देख्दा अनि सुन्दा , उत्ताउला तीजका गित अनि २ महिना अगाडि हुने पार्टी र पिकनिकले यो सस्कृतीलाइ धरापमा पार्दै लगेको छ तर मेरो बालापनको तीजको सम्झनामा चौतारीमा मादलु घन्काउदै सुनिने तिजका भाका आजभोलि कता गए ? अनि तीजको सेराफेरोमा नै देखाउने लाखे निर्त्य आज भोलि खै ? चाहे देशमा होस् वा बिदेशमा ५ तारे होटेलको दरले मेरो बालापनको तिज हराउदै गएको छ ।

तपाईको प्रतिक्रिया