पृथ्वीचोकको ट्रान्सफर्मर बिग्रदा स्थानिय अन्धकारमा बस्न बाध्य


सन्देश श्रेष्ठ
पोखरा,  साउन १३

पोखराको पृथ्वीचोकस्थित ट्रान्सफर्मर बिग्रिदा स्थानियबासी ३ दिनदेखी अन्धकारमा बस्न बाध्य भएका छन् । शनिबार राती बिग्रेको ट्रान्सफर्मर ३ दिनसम्म नबन्दा पृथ्वीचोक, नागढुंगा र एयरपोर्टबासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

पोखराको मुख्य क्षेत्र पृथ्वीचोक क्षेत्रमै ३ दिनसम्म ट्रान्सफर्मर नबन्दा ब्यबसायमा पनि असर परेको फेवा कलर ल्यावका सञ्चालक सुदर्शन रञ्जितले जानकारी दिनुभयो । उहाँले वत्ति नआउँदा इलेक्ट्रोनिक पसल तथा कलरल्यावहरुलाई नराम्ररी प्रभावित बनाएको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले भने बिग्रेको ट्रान्सफर्मर बनाउन प्राविधिकको कमी भएको तथा नयाँ ल्याउन समय लागेकाले विद्युत सेवा चाँडो दिन नसकेको बताएको छ । प्राधिकरणले जगेडा ट्रान्सफर्मर नहुँदा ढिलाई भएपनि भोलिसम्ममा ट्रान्सफर्मर ल्याएर विद्युत सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।