स्पेनमा दशै तिहार बिशेष कार्यक्रम हुँदै


फाईल तस्बिर

बार्सिलोना/ बडा दशै तथा तिहारको उपलक्ष्यमा स्पेनमा दशै तिहार बिशेष कार्यक्रम हुने भएको छ। अक्टोबर १५ तारिख बार्सिलोनामा कार्यक्रमको आयोजना हुन लागेको हो। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन तथा रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूरोप शाखाको संयुक्त्त रुपमा कार्यक्रम गर्दै छ।

कार्यक्रममा यूरोप शाखाका कलाकारहरु, स्थानीय कलाकारहरु तथा  नेपाली पाठशालाका बालबालिकाहरुको प्रस्तुति रहने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुनिल रानाभाटले जानकारी दिए। कार्यक्रमबाट बचत रकम तथा अन्य स्रोतबाट रकम संकलन गरी लोक दोहोरीगीत प्रतिष्ठान यूरोप शाखालाई नौमती बाजा किन्न सहयोग गर्ने बताईएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली अबैतानिक बाणिज्य दूत लुईस बेल्बिस सहभागी बन्दै छन्।

  • कार्यक्रम बारे पूर्ण बिबरण:-

    मिति : १५ अक्टोबर २०१७
    समय  : दिउँसो ४ बजे देखी
    स्थान :- C/Rector triado 53,08014
    प्रबेश शुल्क:- १० युरो (खानाको ब्यबस्था सहित)