स्पेनी प्रहरी कारवाहीको बिरुद्दमा ब्यापक बिरोध प्रदर्शन


स्पेन/ जनमत सग्रहको क्रममा स्पेन प्रहरीले गरेको कारवाहीको बिरुद्द मंगलबार कातोलोनियामा ब्यापक बिरोध प्रदर्शन भएको छ। स्पेनबाट स्वतन्त्रता सम्बन्धी गत आईतबार सम्पन्न कातालोनिया जनमत संग्रहमा प्रहरीले मतदाताहरुलाई ज्यादती गरेको भन्दै बिरोध प्रदर्शन भएको हो।

प्रहरीको कारबाहीमा कातालोनिया स्वतन्त्रताका लागि हजारौ सहभागीहरु मध्ये  ९ सय भन्दा बढी घाईते भएका बताईन्छ। उक्त घटनाको बिरोधमा मंगलबार कातोलोनिया बन्दको घोषणा गर्दै कातोलोनिया स्वतन्त्रता पक्षका हजारौ समर्थकहरु सडकमा उत्रिएका थिए।कातालोनिया स्थित व्यापारिक संगठनहरुले पनि बन्दको समर्थन गरे पछि मुख्य बजारहरु ठप्प बने ।

आईतबार जनमत संग्रहको क्रममा प्रहरीसंगको हिंसात्मक भिडन्तहरु भएका थिए। स्पेनको संबैधानिक अदालतले जनमत सग्रहलाई गैर कानुनी बताईसकेको छ।