पछिल्ला दुई दिनमा किकको ब्यापार बढ्यो ,६ दिनमा एक अर्ब ४८ करोड कमायो


मुम्बई –

सलमान खानको फिल्म किकले पहिलो ६ दिनमा नै १४८ . ६६ करोड भारुको व्यापार गरेको छ। पहिलो दिनमा २६. ५०,दोस्रो दिनमा २७. १५ र तेस्रो दिनमा ३०. १८ करोड भारुको व्यापार गर्न सफल भएको छ ।

यस्तै चौथो पाचौ र छैटौ दिनमा क्रमश १४. ४१ करोड ,२८. ८९ र २१. ६६ करोडको ब्यापार भारतमा मात्र गरेको छ ।
पहिले शुरुवाती दिनमा अपेक्षा अनुसारको ब्यापार गर्न नसके पनि पछिल्ला दुई दिनको व्यापारले पछिल्ला आफ्ना रेकर्ड हरु तोडिने सम्भाबना बढेको छ । खानको यो फिल्म सगै सय करोड ब्यापार गर्ने ७ चलचित्र बनेका छन ।

भारतीय संचार माध्यमका अनुसार करण जोहरले निर्देशन गर्न लागेको आगामी फिल्मको लागी सलमानले १ अर्ब ५० करोड भारुको माग गरेका छन् ,भारतीय फिल्म समीक्षक एवं व्यापार विश्लेषक तरुण आदर्शले यदि खानले यति मोटो रकम लिए भने अहिले सम्मकै उच्च रहने बताएका छन् ।