यसकारण एन आर एन अध्यक्षमा मेरो उम्मेदवारी : जमुना घले


प्रकाश ढकाल, काठमाडौँ
एन आर एन के केन्द्रिय अध्यक्षमा आफनो उम्मेदवारी घोषणा गरेकी जमुना घलेले आफुले अध्यक्षमा दावी गर्नु स्वभावीक भएको र केहि कारण भएर नै आफु अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएकी छन्।

आफनो उम्मेदवारी घोषणा गरेपछि काठमाडौँमा जम्मा भएका सबै तमाम एन हरुको प्रतीक्षालाइ चिर्दै उनले आफनो उम्मेदवारी कायमै रहने र तमाम एन आर एन साथीहरु, दाजुभाई तथा दिदिबहिनीहरुको साथ् आफुले पाउनेमा आँफु आशावादी बनेको समेत बताएकी छिन्।

नेपालीनेपाली डटकम संगको विशेस अन्तर्वार्तामा उनले सो कुरा बताउंदै आफु विगत ४ वर्षदेखी अनवरत रुपमा एन आर एन अभियानमा सक्रिय रहेकोले र हाल एन आर एन मार्फत चलिरहेको केहि महत्वपूर्ण योजनाहरु जस्तै लाप्राक बस्ती निर्माण तथा एन आर एनको आफ्नै भवन निर्माण कार्य पुरा गर्नु आफ्नो उद्धेश्य रहेको समेत बताएकी छिन। खाडी मुलुकमा काम गर्ने हाम्रा नेपाली दाजुभाईहरुको विमा लगायतको कुरा आफ़ुने जोडदार रुपमा उठाउने पनि उनले बताइन।

आफु अध्यक्ष शेष घलेको श्रीमती मात्र नभई एक सवल र सक्षम महिला पनि भएकोले महिलाले एन आर एनको नेतृत्व लिन खोज्नु कुनै अनौठो नभएको पनि बताएकी छन्। घले संगको पुरा अन्तर्वार्ता केहि समयमा प्रकाशीत गरिनेछ।