एनआरएन महासचिवमा अर्जुन कुमार श्रेष्ठको उम्मेदवारी बलियो


काठमाडौँ। प्रवासी जीवनको यात्रा आरम्भसँगै एनआरएनमा आबद्ध बनेका अर्जुन कुमार श्रेष्ठ सन २००९ देखि निरन्तर एनआरएनएको केन्द्रीय नेतृत्वमा छन् ।

उनी एनआरएनको आईसीसी सदस्य, यूरोप संयोजक हुँदै तथा हाल आईसीसी सचिवको महत्वपुर्ण जिम्मेवारीमा छन् ।

सन् २००३ देखि बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठले आफ्नो अनुभव र सिपलाई उपयोग गर्न महासचिवको उम्मेदवारी घोषणा गरेको बताएका छन ।

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा समस्त गैरआवासिय नेपाली दिदीबहिनी तथा दाजुभाईको साथ सहयोग र सदीक्षा रहने उनको भनाइ रहेको छ ।

विश्वका कुना कुनामा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्रको रुपमा रहेको एनआरएनएलाई अझै उचाईमा र्पुयाउन धेरै काम गर्न सम्भव भएको बताउँदै एक विज्ञप्ती जारी गरि ‘एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधार तथा गैरआसिय नेपालीमाझ स्वदेशमा लगानिका ब्यवस्थित अवसर सृजना गर्न आफ्नो अनुभव र सिपलाई उपयोग गर्नेगरि महासचिव पदमा उम्मेद्वारी दिएको घोषणा गरेका थिए ।