एनआरएनको आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु (फोटोफिचर सहित)


काठमाडौं– अाजदेखि गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको होटल हायातमा आयोजना गरिएको सम्मेलनको  राष्ट्रपति विद्या भण्डारीले उद्घाटन  गरेकी छन् । सम्मेलनमा  उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीको समेत सहभागिता रहेको थियो ।सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार  बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।सम्मेलनअन्तर्गत भोलि बन्द सत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी परेको हो । अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सोमबार सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।