एनआरएनएको विश्वसम्मेलनका कारण उपत्यकाका अधिकांस तारे होटल भरीभराउ


काठमाण्डौ – शनिबारबाट राजधानीमा सुरु भएको गैरआवासीय नेपाली संघ(एनआरएनए)को विश्वसम्मेलनका कारण उपत्यकाका अधिकांस तारे होटल भरीभराउ भएका छन्। मुख्य पर्यटकीय सिजनमा सुरु भएको एनआरएनएको सम्मेलनमा विश्वका विभिन्न मुलकबाट आएका प्रतिनिधिहरुका कारण होटलको अकुपेन्सी बढेको हो। आजको अन्नपुर्णपोष्ट दैनिकमा खबर छापिएको छ।

उपत्यकाका अधिकांश तारे होटलको अकुपेन्सीमा अहिले पाँच देखि १० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ। एनआरएनएको ८ औं सम्मेलन सुरु भएसँगै उपत्यकाका तारे होटल र रेस्टुराँमा चहलपहल बढेको छ। उपत्यकाका अधिकांश तारे होटलको अकुपेन्सीमा अहिले पाँचदेखि १० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ। एनआरएनको आठौं सम्मेलन र पर्यटकीय सिजन सँगै परेकाले होटलमा चहलपहल बढेको नेपाल होटल एसोसिएसनका महासचिव विनायक शाह बताउँछन्।

सम्मेलन चलिरहेको होटल ह्यातमा भने एनआरएनका प्रतिनिधिलाई होटल व्यवस्थापनले ५० वटा रुम दिएको शाहले जानकारी दिए। होटल व्यवस्थापनले एनआरएनका प्रतिनिधिले माग गरेकै जति कोठा दिन सक्ने अवस्था नरहेको उनले बताए। सम्मेलनमा आएका कतिपय एनआरएन प्रतिनिधि साथी आफ्नै घर र नातेदारको घरमा बस्ने गरेको उनले जानकारी दिए।

पर्यटकीय सिजन भएकाले अहिले होटल बुकिङको अकुपेन्सी ७० प्रतिशतभन्दा माथि छ। त्यसाा पनि होटल व्यवस्थापनका आफ्नै ग्राहकले होटल भरिभराउजस्तै रहेको शाह बताउँछन्। अहिले उपत्यकाका तारे होटलभन्दा बढी सुविधासम्पन्न रेस्टुराँ तथा भोजनालयमा भीड बढेको उनको भनाइ छ। खाना खाँदै निर्वाचनको खाका तय गर्ने क्रम बढेसँगै होटलमा भन्दा रेस्टुराँ र भोजनालयमा भीड बढेको उनले बताए। तर विगतका वर्षभन्दा पर्यटकीय सिजनमा होटलको बुकिङ भने कम छ। पर्यटकीय सिजनको सुरुवाती चरणमा भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचन र फेरि हुन लागेको संघ र प्रदेशको निर्वाचनले पर्यटकको संख्याका कमी आएको शाहको भनाइ छ।

होटल तथा पर्यटन व्यवसायीले अपेक्षा गरेअनुसार पर्यटक नआउँदा पनि एनआरएन सम्मेलनका कारण होटलको व्यवसाय सन्तोषजनक रहेको उनको भनाइ छ। त्यसका पनि एनआरएनका प्रतिनिधिको सबैभन्दा बाक्लो उपस्थिति दरबारमार्ग क्षेत्रमा देखिएको छ। साँझपख दरबारमार्गका होटल, रेस्टुराँ तथा भोजनालयमा प्रतिनिधिको भीड बढेको देखिन्छ।
बस्नका लागि होटलका कोठा बुकिङ गरे पनि साथीसँगको भेटघाट र निर्वाचनको रणनीति तय गर्न खाजानास्ताको साथमा रेस्टुराँमा भीडभाड बढेको शाह बताउँछन्। दरबारमार्गकै तारे होटल अन्नपूर्णको कुल अकुपेन्सीको पाँच प्रतिशतभन्दा बढी एनआरएनका प्रतिनिधिकै उपस्थिति छ।