एनआरएन युरोप उपसंयोजकमा स्पेनका एकराज गिरीको माहोल


काठमाडौ / गैर आबासीय नेपाली संघ (एनआरएनए ) युरोप क्षेत्रीय उपसंयोजक पदमा स्पेनका एकराज गिरी बलिया दाबेदारको रुपमा देखिएका छन्।संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनमा उम्मेदवार मनोनयन दर्ता गराएका गिरी बलियो रुपमा प्रस्तुत भएका हुन्। संघको नयाँ नेतृत्वको लागि सोमबार मतदान हुँदै छ।

एक दशक भन्दा लामो समय देखि स्पेनको नेपाली समुदायमा सामजिक रुपमा सक्रिय गिरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत हुन्। उनि सन् २०१३- २०१५ को कार्यकालमा राष्ट्रिय समन्वय परिषद स्पेनमा अध्यक्ष समेत बनेका थिए।

नेपाल पर्यटन बोर्डका स्पेन स्थित मानार्थ प्रतिनिधि समेत गिरीले गैर आबासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत बिभिन्न कार्यदलहरुमा रहेर जिम्मेबारी समेत निभाएका छन्। उनले विनाशकारी भूकम्प जाँदा स्पेनमा राहत संकलन कार्यको संयोजन गरेका थिए। करिव सवा करोड रुपैयाँ एनआरएन केन्द्रमा संकलन गरी पठाउँदा उनको नेतृत्वदायी भूमिका थियो।

युरोपका एनआरएनहरु बीच  लोकप्रिय बनेका गिरीले भने,” युरोपमा एनआरएनए स्पेन नमुना एनसीसीको रुपमा रहेको छ, युरोपको नेतृत्वको लागि स्पेनबासी नेपालीहरुको भावानालाई बुझेर सम्पूर्ण युरोपबासी एनआरएनहरुले मलाई मतदान गर्नुहुन्छ भन्ने बिश्वास लिएको छु।”

गिरीलाई एनआरएनए स्पेन,राजनीतिक दल निकट संगठन लगायत बिभिन्न संघसंस्थाहरुले समर्थन गरेका छन्।