डा. बिनय श्रेष्ठलाई युरोप संयोजकमा जिताउन सामाजिक संजालबाट अपिल


काठमाडौ/ गैर आवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय संयोजक पदमा डा.बिनय श्रेष्ठलाई जिताउन सामाजिक संजालबाट अपिल गरिएको छ। सोमबार मतदान सुरु हुँदै गर्दा डा. श्रेष्ठको पक्षमा युरोपका एनआरएनहरुले यस्तो अपिल गरेका हुन्।

पत्रकार पंचम अधिकारी फेसबुकमा लेख्छन् ,”एनआरएन संघको नेतृत्वमा संस्थाको इमेज उजिल्याउने खालको व्यक्तित्व अाअोस् भन्ने धेरैको चाहना हो । युरोप संयोजकमा डा. विनय श्रेष्ठलाई शुभकामना ।”

बेल्जियमको राजनीतिमा सक्रिय कृष्ण प्रसाद रेग्मीले  लेखेका छन्,” यो सस्थाको म साधरण सदस्य पनि होईन र छैन तर पनि यो सस्थामा अझै पनि केही होनाहार युवाहरु बाँकी छन , तिनको योग्यता र क्षमतालाई नजरअन्दाज गर्नै मिल्दैन। विवेक हुनेले साच्चै कै डाक्टर रोज्लान की खुर्सानी डाक्टर हेर्न र सुन्न खुव रौस छ।:) प्रिय मित्र विनय जीलाई सवैको सहयोग र साथ रहने विश्वास लिएको छु ।”

फेसबुकमा लामो स्टाटस लेख्दै सिताराम भट्टले एनआरएन युवा नेताको रुपमा डा. श्रेष्ठको प्रष्ट भिजन रहेको भन्दै जिताउन अपिल गरेका छन्।स्विट्जरल्याण्डसमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत डा. श्रेष्ठ बिगत एक दशक यता संघको अभियानमा सक्रिय रुपमा लागेका छन्। युरोप संयोजक पदमा डा.श्रेष्ठलाई योग्य उम्मेद्वारको रुपमा लिईएको छ।गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्डका संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठले दुई कार्यकाल सम्म अध्यक्षको जिम्मेबारी सम्हालेका थिए। उनले संघका बिभिन्न कार्यदलहरुमा समेत जिम्मेबारी पुर्बक भूमिका निर्बाह गरेका छन्।