एनआरएन युरोप संयोजकमा ६ जना र उप-संयोजकमा १० जना भिड्दै,


काठमाडौ/ गैर आबासीय नेपाली संघ एनआरएनएको युरोप संयोजकमा ६ जना र उप-संयोजकमा १० जना भिड्ने भएका छन्। सोमबार हुने निर्बाचनमा तीन बटा पदका लागि १६ जनाको उम्मेदवारहरुको मनोनयन परेको हो। सर्बाधिक मत ल्याउने १ जना संयोजक पदमा र २ जना उप-संयोजक पदमा निर्बाचित हुने छन्।

युरोप संयोजक पदका लागि डा. बिनय श्रेष्ठ,दावा गेल्जे शेर्पा,गंगाधर गौतम,प्रेम बहादुर गुरुङ,शिव वरुवाल र थर्क सेन चुनाबी मैदानमा रहेका छन्।

यस्तै निर्बाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार  युरोप उप- संयोजक पदका लागि एकराज गिरी,भिम केसी कमल,विजन प्रसाद भट्ट,चिज कुमार श्रेष्ठ,धर्म बहादुर गुरुङ,गोबिन्द प्रसाद गौतम,हेमन्त सेढाई,नेत्र बहादुर मगर,शुक्रराज न्यौपाने र सुरेन्द्र प्रधान रहेका छन्।

संसारभरबाट अधिबेशनमा सहभागी बनेका १ हजार ८ सय ५४ प्रतिनिधिहरु मतदानमा सहभागी बन्दै छन्।