एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु (फोटोफिचर सहित)


काठमाडौ/गैर आबासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। आठौ महाधिबेशनबाट नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको हो। ईलोक्टोनिक भोटिङ् मेसिनको प्रयोग गरिएको निर्बाचनमा अधिबेशनमा सहभागी १ हजार ८ सय ५४ प्रतिनिधिहरुले मतदानमा गर्दै छन्।

संघको नयाँ नेतृत्वको लागि भवन भट्ट र जमुना घले बिच कडा प्रतिस्पर्धा हुने अनुमान छ । यस्तै खुल्ला उपाध्यक्षमा कुमार पन्त,कुल आचार्य चिरिञ्जीवी थापा, खगेन्द्र क्षेत्री, सोनम लामा र रविना थापा चुनावी मैदानमा छन्।

महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राजभण्डारी, महासचिवमा अर्जुनकुमार श्रेष्ठ, डा बद्री केसी, यमकुमार गुरुङ (त्रिलोक), सचिवमा डिबी क्षेत्री, डा देवीबहादुर बस्नेत, गणेश केसी, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराई, कोषाध्यक्षमा हिक्मत थापा र मुक्षेत्र गुरुङ र सहकोषध्यक्षमा चक्रबहादुर थापा र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन्।

निर्बाचनमा ईलोक्टोनिक भोटिङ् मेसिनको प्रयोग गरिएको हुँदा मतदान सम्पन्न भएको एक घण्टा पछि नतिजा आउँने बताईएको छ।