एनआरएनका ९ पदहरुमा निर्बिरोध,एसिया युवा उपसंयोजकमा उम्मेदवारी नै परेन


काठमाडौ / गैर आबासीय नेपाली संघको आठौ महाधिबेशनमा नौ वटा छुट्टाछुट्टै पदका उम्मेदवारहरु निर्बिरोध बनेका छन्। निर्बाचन समितिले प्रकाशित गरेको सूचना अनुसार छुट्टाछुट्टै नौ पदहरुमा एकल उम्मेदवारी परे पछि निर्बिरोध बनेका हुन्।

अफ्रिका क्षेत्रीय संयोजकमा सुनिल कार्की,अफ्रिका क्षेत्रीय महिला उपसंयोजकमा मनकला बिष्ट थापा,अफ्रिका क्षेत्रीय युवा संयोजकमा बाबुराम लुईटेल शर्मा र एसिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा जुनु माया गुरुङ निर्बिरोध बनेका छन्।

यस्तै अमेरिकाज् क्षेत्रीय महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी,अमेरिकाज् क्षेत्रीय युवा उपसंयोजकमा डा. बर्षा मोक्तान, मध्यपुर्ब क्षेत्रीय महिला उपसंयोजकमा यासयीन बेगम (सैयद),मध्यपुर्ब क्षेत्रीय युवा उपसंयोजकमा राज कुमार बस्नेत र युरोप क्षेत्रीय युवा उपसंयोजकमा डा. जय कृष्ण ठाकुर निर्बिरोध बनेका छन्।

एनआरएनको अफ्रिका क्षेत्र समेत सक्रिय बनिरहेको बेला एसीय क्षेत्रीय युवा उपसंयोजकमा कसैले पनि उम्मेदवारी दिएनन्। एसिया क्षेत्रमा उम्मेदवारी नै नभेटिएका बेला युरोपमा भने युरोप संयोजक र उपसंयोजकहरु गरी ३ पदका लागि १६ जनाको उम्मेदवारी परेको छ।

गैर आबासीय नेपाली संघको बिधान -२००३ (२०१५ को संशोधन सहित) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजक को पनि ब्यबस्था अनुसार यस पटक देखि पदहरुको संख्या बढेको हो।

एनआरएनको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान प्रक्रिया जारी रहेको छ।