एनआरएन अधिबेशनमा २९ मुलुकका प्रतिनिधिहरु सहभागी बनेनन् (मतदाता बिबरण सहित)


काठमाडौ/ गैर आबासीय नेपाली संघको आठौ महाधिबेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि ४९ देशका प्रतिनिधिहरुले मात्रै मतदान गर्दै छन्। ७८ देशमा फैलिएको ठुलो संजाल गैर आबासीय नेपाली संघ (एनआरएन) को अधिबेशनमा जम्मा ४९ देशका १ हजार ८ सय ५४ प्रतिनिधिहरुले मात्र सहभागिता जनाएका हुन्।

केन्द्रिय महाअधिबेशन तथा बिश्व सम्मेलनमा सहभागी बन्न निकै खर्चालु हुने हुँदा पनि २९ मुलुकबाट सहभागिता शुन्य भएको छ । कतिपय राष्ट्रिय समन्वय परिषदहरु गठन मात्र भएका तर बेलैमा अधिबेशन तथा संस्थालाई सक्रिय रुपमा अगाडि बढाउन नसक्दा पनि सहभागिता कम भएको हो।

कुन मुलकबाट कति प्रतिनिधिहरु ?

संघको अधिबेशनमा सबै भन्दा बढी अष्ट्रेलियाबाट १६९ जना प्रतिनिधिहरुले निर्बाचनमा भाग लिएका छन्। यस्तै अमेरिकाबाट १६३ जना, जापान १६२, बेलायत १३०,कतार ११२,बेल्जियम ९९, युएई ८२, साउदी अरव ८०,मलेसिया ८० र क्यानाडाबाट  ७४ जना प्रतिनिधिहरु सहभागी छन्।

यस्तै जर्मनीबाट ७४ जना,पोर्चुगल ६६  रसिया ६१, हङ्कङ् ५२,ओमान ४५,कुबेत ४४, दक्षिण कोरिया ४०, नेदरल्याण्डस ३०,डेनमार्क २७, ईजरायल २७,ईटाली २४,स्पेन २३,मकाउ २२, बहाराईन २०,स्विट्जरल्याण्ड १८, नर्बे १७, न्युजिल्याण्ड १६  र आयरल्याण्डबाट १० जनाले मतदान गर्दै छन्।

१० भन्दा पनि कम प्रतिनिधिहरु भएका मुलुकहरु:-

यस्तै अधिबेशनमा अष्ट्रियाबाट ७ जना बेलारुस २ जना, चाईना १ जना ,साईप्रसबाट ३ जना,चेक गणतन्त्र ३ जना,गिनीबाट १ जना र फिनल्याण्डवाट  ५ जना प्रतिनिधिहरु सहभागी छन्।

यस्तै फ्रान्सका ७ जना,घाना ३,केन्या ४,लक्जबर्ग ७ ,मेडागास्कर १, मोजाम्बिक ४, म्यानमार ६ नाईजेरिया ५,पोल्याण्ड ६, सिङ्गापुर ८,स्विडेन ४, तान्जेनिया २. थाईल्यान्ड ५ र युगाण्डाबाट २ जना सहभागी छन्।