स्पेनका एकराज गिरी बने एनआरएन युरोप उपसंयोजक


काठमाडौ / करिव १० हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिएको स्पेन एनआरएनको केन्द्रिय नेतृत्वमा पनि पुग्न सफल भएको छ। एकराज गिरी एनआरएनको युरोप क्षेत्रीय उपसंयोजक पदमा बिजयी बने पछि स्पेनले यस्तो सफलता हासिल गरेको हो। १० जना उम्मेदवार रहेको कडा प्रतिस्पर्धामा गिरीले १ सय ४४ मत ल्याएर बिजयी बनेका हुन्। उपसंयोजकमा नै रसियाका गोबिन्द गौतम पनि बिजयी बनेका छन्।

एक दशक भन्दा लामो समय देखि स्पेनको नेपाली समुदायमा सामजिक रुपमा सक्रिय गिरीले यसअघि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य भई काम गरेका थिए। उनि सन् २०१३- २०१५ को कार्यकालमा राष्ट्रिय समन्वय परिषद स्पेनमा अध्यक्ष समेत बनेका थिए।

नेपाल पर्यटन बोर्डका स्पेन स्थित मानार्थ प्रतिनिधि समेत गिरीले गैर आबासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत बिभिन्न कार्यदलहरुमा रहेर जिम्मेबारी समेत निभाएका छन्। उनले विनाशकारी भूकम्प जाँदा स्पेनमा राहत संकलन कार्यको संयोजन गरेका थिए। करिव सवा करोड रुपैयाँ एनआरएन केन्द्रमा संकलन गरी पठाउँदा उनको नेतृत्वदायी भूमिका थियो।

युरोपका एनआरएनहरु बीच लोकप्रिय बनेका गिरीले निर्बाचित भए पछि भने,” यो स्पेन बासि नेपालीहरुको जित हो,मत दिएर बिजयी गराउने सम्पूर्ण युरोपबासी एनआरएनहरुलाई धन्यबाद दिन चाहन्छु।”