को- को बने एनआरएनको आठौ अधिबेशनबाट बिजयी ?


काठमाडौ/गैर आबासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट बिजयी बनेका छन्। अध्यक्षका प्रत्यासी जमुना गुरुङ घलेलाई झन्डै दोब्बर मतले पराजित गर्दै भट्ट निर्बाचित भएका हुन्। यस अघि  दुई कार्यकाल सम्म संघको उपाध्यक्ष बनेका भट्ट जापानका सफल युवा ब्यबसायी हुन्।

अध्यक्षमा निर्बाचित भट्टले ११ सय ९७ मत प्राप्त गरे भने गुरुङले भने ५ सय ८४ मत प्राप्त गरिन्। बिश्वभरबाट ४९ देशका प्रतिनिधिहरु १८५४ मध्ये १७८८ ले मतदान गरेका थिए । संघको संजाल ७८ देशमा पुगेको भए पनि २९ देशबाट सहभागिता शुन्य रहेको थियो।

संघको दुई खुल्ला उपाध्यक्षमा जर्मनीका कुमार पन्त र बेलायत निबासी कुल आचार्य बिजयी भएका छन्। पन्तले पुन: उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् भने आचार्य यसअघि युरोप क्षेत्रीय संयोजक थिए। यस्तै महिला उपाध्यक्षमा रसियाकी सपिला राज भण्डारी बिजयी बनेकी छन्।

यस्तै महासचिवमा डा. बद्री केसी,सचिवमा डिबी क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुन: हिक्मतबहादुर थापा बिजयी भए।  सह कोषाध्यक्षमा डेनमार्क निबासी सोमनाथ सापकोटा बिजयी बने। यस्तै महिला संयोजकमा बेल्जियम निबासी रजनी प्रधान र युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् । युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका शिव बरुवाल र उपसंयोजकहरुमा स्पेनका एकराज गिरी र रसियाका गोबिन्द गौतम बिजयी भएका छन्।