यी हुन् जमुना गुरुङ चुनाव हार्नुका १० मुख्य कारणहरु


काठमाडौ/ गैर आबासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदकी प्रत्यासी जमुना गुरुङ ६१३ मतले पछि परिन्। अर्का उम्मेदवार भवन भट्टले गुरुङ भन्दा दोब्बर बढी मत ल्याएर अध्यक्षमा बिजयी बने। अध्यक्षमा निर्बाचित भट्टले ११ सय ९७ मत प्राप्त गरे भने गुरुङले भने ५ सय ८४ मत प्राप्त गरिन्।

निबर्तमान अध्यक्ष शेष घले पत्नी गुरुङ बिगत चार बर्ष देखि एनआरएन अभियानमा निकै सक्रिय थिईन्। बिशेष गरी भूकम्प पिडितका लागि एनआरएनले लाप्राकमा निर्माणधिन बस्ती उठाउन उनको ठुलो योगदान रहेको छ। अन्तिम समयमा अध्यक्षको उम्मेदवारी घोषणा गरेकी गुरुङ् आधा भन्दा बढि मतले नै पछि पर्लिन् भन्ने अनुमान सायदै थिएन।

तर पनि गुरुङ ठुलो मतान्तरले पराजित भईन्। गुरुङको हार बारे हामीले १० बटा मुख्य कारणहरु बारे चर्चा गरेका छौ।

१)  दुई कार्यकाल अध्यक्ष बनेका शेष घले लगत्तै फेरि श्रीमतीलाई अध्यक्ष कसरी बनाई हाल्ने ? गैर आबासीय नेपालीहरुबीच एक किसिमको अन्यौलता छाउनु।

२) २०१५- २०१७ मा अध्यक्ष घले कार्यकालबाट आईसीसी सदस्यमा मनोनित हुने बित्तिकै, २०१७- २०१९ को कार्यकालका लागि हतार गरी अध्यक्षमा उम्मेदवारी दिनु।

३) उम्मेदवारी मनोनयन दर्ता गर्ने ३ दिन अघि मात्र (निकै ढिला गरी)  उम्मेदवारी घोषणा गरिनु,त्यस अघि दिने वा नदिने बारे दोधारमा रहदा,चुनाबी रणनीति बनाउँन नसक्नु।

४) चुनाबी प्यानलका उम्मेदवारहरु बारे जातीय कुरालाई उचालेर दोश्रो पक्षले फाईदा उठाउनु।

५) सर्बाधिक १६९ मतदाता रहेको अष्ट्रेलियालाई, बिगतका दुई निर्बाचनमा जस्तो एक ढिक्का पार्न नसक्नु।

६)  लाप्रक नमुना बस्ती,भिजन २०-२० र एनआरएन भवन सँग जोडेर घले दम्पत्तिको बिकल्प छैन भन्ने आशयका  सामग्रीहरु प्रस्तुत हुनु।

७) बलियो राजनीतिक समर्थन प्राप्त गर्न नसक्नु।

८)भट्ट पन्त सहमति पछि दोस्रो पक्षले बलियो चुनाबी तयारी गर्नु, टिबी कार्कीले अन्त्यमा मैदान खाली गर्दा,दोस्रो पक्ष झन् झन् बलियो बन्नु।

९) पुर्व तयारी सहित बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा पुगेर, खुलेर अध्यक्ष पदका लागि मत माग्न नसक्नु।

१०)  सल्लाहकारहरुवाट आफ्नो पक्ष बलियो रहेको गणितीय खाका सहित बिश्वास दिलाईनु।