एनआरएन अधिबेशनका केहि रोचक तथ्यहरु


काठमाडौ / गैर आबासीय नेपाली संघ एनआरएनको निर्बाचनमा एउटा पदमा कसैको पनि उम्मेदवारी परेन। एसीया क्षेत्रीय युवा उपसंयोजक पदमा उम्मेदवारी नपरेको हो। यता युरोपमा भने ३ पदका लागि १६ जनासम्म भिडे। युरोप संयोजक र दुई उपसंयोजक पदकाका १६ जना चुनाव लडे सम्भवत: एनआरएन ईतिहासमा नै यती धेरैको उम्मेदवारी परेको पहिलो पटक हो।

फेरि अर्को रोचक कुरा ओसेनिया क्षेत्रीय उपसंयोजकमा दुई उम्मेदवारहरु ईश्वर चन्द्र कुईकेल र लोकनाथ पौडेलले बराबर  ८१- ८१ मत प्राप्त ल्याए। अष्टेलियाका गणेश केसीले २ मत कम ल्याउँदा एनआरएन सचिव बन्न पाएनन्।दुई सचिवमा डिबी क्षेत्री ६८६ मत र जानकी गुरुङ ६५५ मत ल्याएर बिजयी  भए । ६५३ मत ल्याएका केसीलाई २ मत मात्र पुगेन।

यता ४ मत कम हुँदा स्वतन्त्र प्रताप शाह अन्तराष्ट्रिय युवा संयोजक बन्न पाएनन् भने ४ मतले नै सुमन लम्साल अमेरिकाज् क्षेत्रीय उपसंयोजक बन्न चुके। १३ मत कम हुँदा डा. बिनय श्रेष्ठ युरोप संयोजक बन्न सकेनन्। ७८ देशमा फैलिएको ठुलो संजाल भनिए पनि अधिबेशनमा ४९ देशका १ हजार ७ सय ८८ जना  प्रतिनिधिहरुले मतदानमा भाग लिए। २९ मुलुकबाट सहभागिता शुन्य रह्यो।

स्मरण रहोस् :- गैर आबासीय नेपाली संघको बिधान -२००३ (२०१५ को संशोधन सहित) यस पटक देखि अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत १ महिला उपाध्यक्ष,२ सचिव,१ सह-कोषाध्यक्ष तथा  ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजक पदहरु रहने गरी थप गरिएको हो।