मिस्टर एण्ड मिस हेमजा सिजन टु हुने


पोखरा – विष्णुपादुका क्लव हेमजा, युवा संघ हेमजाको संयोजन र एच बी प्रोडक्सनको प्रस्तुतीमा मिस्टर एण्ड मिस हेमजा सिजन टु हुने भएको छ ।हेमजाका युवा युवतीहरुको प्रतिभा प्रस्फुटन गराई उनीहरुलाई सक्षम सवल र उत्तरदायी बनाउदै कला क्षेत्रमा प्रवेश गराउने उद्देश्यले यस बर्ष पनि मिस्टर एण्ड मिस हेमजा सिजन टु सञ्चालन गर्न लागिएको हेमजामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

मिस्टर एण्ड मिस हेमजा सिजन टु को पहिलो चरणमा प्रतियोगि छनोट कार्यक्रम कार्तिक १८ गते हेमजामा नै हुने आयोजकले जनाएको छ ।मिस्टर एण्ड मिस हेमजा सिजन टु मा सहभागी हुनको लागि युवतीको हकमा कम्तीमा ४ फिट ९ इञ्च उचाई, युवाको हकमा कम्तीमा ५ फिट २ इञ्च उचाई हुनपर्ने , १५ बर्ष देखि २५ बर्ष उमेर समुहका एस. ई. ई उत्तीर्ण गरेका हेमजामा बसोबास गर्ने इच्छुक युवा युवतीहरुले आवदेन दिन सक्ने आयोजकले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मिस्टर एण्ड मिस हेमजा सिजन वान मा ११ जना प्रतिस्पर्धी फाइनलमा उतारेको आयोजकले यस बर्ष प्रर्तिस्पर्धी संख्या बढाउने लक्ष्य लिएको छ । यस बर्षको विजेतालाई अहिले बन्दै गरेको सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नेपाल कथानक चलचित्र समरलभको सिक्वेल सायामा अभिनय गराइने, प्रोडक्सनको ब्राण्ड एमबेसडर बनाइने र नगद पुस्कार साथमा विभिन्न उपहारका साथै रन वे फेसन सो मा उतारिने आयोजकले जनाएको छ ।