स्पेनमा यसरी गुञ्जियो देउसी रे.. भाका (भिडियो सहित)


बार्सिलोना/ स्वदेशमा मात्र हैन बिदेशमा पनि तिहारको बेला देउसी रे भाकाहरु गुञ्जिए। नेपाली पाठशाला बार्सिलोनाको आयोजनामा आईतबार देउँसी भैलोका भाकाहरु स्पेनमा पनि गुञ्जिएका हुन्।नेपाली ब्यबसायीहरुको घर दैलोमा सम्पन्न देउसी कार्यक्रममा पाठशालाका बालबालिकाहरुलाई अभिभाबकहरुले साथ दिए।

देउसी भैलो खेल्दै बालबालिकाहरुले पनि नेपाली संस्कृति बारे बुझ्न सकुन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको पाठशाला संयोजक सरला सापकोटाले जानकारी दिईन्। विदेशमै नयाँ पुस्तालाई नेपाली भेषमा देउँसी खेलेको देखेपछि पुरानो पुस्ताले खुशी प्रकट गर्दै साथ दिएका थिए। पाठशालाले गत बर्ष पनि कार्यक्रमको आयोजना गरेको थियो।

नेपालमा तिहारको रौनक सकिए पनि युरोपका विभिन्न मुलुकहरुमा नेपाली समुदाय माझ देउसी भैलो कार्यक्रम चलिरहेको छ। कतिपय ठाउँमा भने एउटा हलभित्र नै सामुहिक रुपमा देउसी खेल्ने गरिन्छ।

प्रबासमा आपतकालीन कोष वृद्धिका लागि होस् वा सामाजिक तथा परोपकारी कोष बढाउनका लागि देउसी कार्यक्रमलाई निरन्तरता दिने प्रचलन रहेको छ।