रोनाल्डो बने उत्कृष्ट बर्ष खेलाडी


लन्डन/अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे । ३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फिफाले गरेको घोषणामा बार्सिलोना र नेदरल्यान्ड्सकी लेके मार्टेन्स उत्कृष्ट महिला खेलाडी रहिन । यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकमा जिनेदिन जिदान र महिला प्रशिक्षकमा नेदरल्यान्ड्सकी सारिना वेगमन घोषित भए । आर्सनलका ओलिभर जिरोडले सन् २०१७ को उत्कृष्ट गोलका लागि पुरस्कार पाए ।

‘लगातार दोस्रो वर्ष मैले उत्कृष्ट खेलाडीको अवार्ड पाएं, यो भन्दा खुसी अरु के हुन सक्छ र ?,’ रोनाल्डोले प्रतिक्रिया दिएका छन् ।