दिपावली तथा छठ पर्वको उपलक्ष्यमा पाइसभास्कोमा कार्यक्रम


बिल्बाओ/ एनआरएनए क्षेत्रीय समिती पाइसभास्कोले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। रमणीय शहर बिल्बाओमा आइतबार समितिले शुभकामना सहित सामुहिक देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो।

यसरी देउसी भैलो खेली तिहार मनाइएको पाइसभास्को मै पहिलो पटक हो। पाइसभास्कोका विभिन्न ठाउँमा बसोबास गर्ने नेपालीहरु बिल्बाओको ला पेन्या पार्क मा भेला भएर नाचगान र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित बार्बिक्यु पार्टी समेत गरेका थिए।

मुलुक भन्दा बाहिर रहेर पनि आफ्नो कला सस्कृतिको संरक्षण गर्न र देउसी भैलो बाट संकलित रकम एनआरएनए पाइसभास्कोको कोष बृद्दी गर्ने साथै समस्या आइ परेको बेला सहयोग गर्ने आयोजक सस्थाले जनाएको छ। बिल्बाओको रमणीय स्थल ला पेन्यामा भएको उक्त कार्यक्रममा पाइसभास्कोबासी नेपालीको उत्साहजनक उपस्थिती रहेको थियो।

कार्यक्रम एनआरएनए क्षेत्रीय समिती पाइसभास्कोका युबा फोरम संयोजक गुन ब. थापा(बाबू) को संयोजकत्वमा सम्पन्न भएको थियो। क्षेत्रीय समिती पाइसभास्कोका अध्यक्ष माहानारायण चौधरीले दिपावली तथा छठ पर्वको शुभकामना दिदै सहभागी र सहयोगी प्रति आभार प्रकट गरे।