रियलको लिगामा कमजोर प्रर्दशन,जिरोनासँग लज्जास्पद हार


 म्याड्रिड/ स्पेनी ला लिगा च्याम्पियन रियल म्याड्रिडले आइतबार जिरोना क्लवसँग  लज्जासपद हार बेहोरेको छ । क्याटलोनिया क्षेत्रमा रहेको क्लव जिरोनाले रियललाई २–१ ले हराएको हो ।

रियलले इस्कोको गोलले अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन् । जिरोनाका तर्फबाट क्रिस्टिन स्टुनी र पोर्टुले गोल गरे । रियलका लागि यो ठूलो धक्काका रूपमा आएको छ ।

लिग तालिकामा बार्सिलोना २८ अंकमा शीर्ष स्थानमा छ भने रियल आठ अंकको दूरीमा तेस्रो स्थानमा छ । जिरोनले रियललाई हराएको यो पहिलो पल्ट हो । क्लबको इतिहासमै यस जितलाई सबैभन्दा ठूलो मानिएको छ ।