फ्रि स्टाइल डान्स च्याम्पियनसिपको फाइनल शनिबार पोखरामा हुने


पोखरा – एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रु र मिरर किंग इन्टरटेनमेन्ट प्रा.लि.द्धारा संयुक्त रुपमा आयोजित फ्रि स्टाइल डान्स च्याम्पियनसिपको फाइनल शनिबार पोखरा सभागृहमा हुने भएको छ । च्याम्पियनसिपको उपाधीका लागि ३१ जनाले प्रतिष्प्रर्धा गर्ने कार्यक्रमका संयोजक अमन तामाङ्गले जानकारी दिए ।

फाइनलका लागि प्रतिष्प्रर्धा गरेका ६६ जना प्रतिष्प्रर्धीमध्यबाट छनौट भएका ३१ जनासंगै गोल्डेन ढाकाटोपी अवार्डका लागि कुल १० समूहले समेत प्रतिष्प्रर्धा गर्ने कार्यक्रमका प्रचार संयोजक मन क्षेत्रीले बताए । च्याम्पियनसिपको उपाधीका लाागि सुजिना लामा, सुरक्षा केशी, नेसन मगर, दिपु गुरुङ्ग, अञ्जना थापा, कृष्ण बुढाथोकी, अस्मिता आले, निरज राइभाट, युसा नेपाली, सुनिता पुन, खुस्बु गुरुङ्गले प्रतिष्प्रर्धा गर्नेछन् ।

यस्तै, सपना पुन, प्रसुन गुरुङ्ग, पिंकी घले, सुस्मिता थापा मगर, बिक्रम मगर, आकृति भुषाल, ऋतिक सुनारले पनि उपाधी भिडन्तमा प्रतिष्प्रर्धा गर्नेछन् । फाइनल पुग्ने अन्य प्रतिष्प्रर्धीहरुमा एलिसा गुरुङ्ग, आयुस्का गुरुङ्ग, पवित्रा कार्की, प्रेजा गुरुङ्ग, रोसनी गुरुङ्ग, समिक्षा बराल, सञ्जिता पहाडी, सन्ध्या बसौला, स्मृति देबकोटा, सोनिका नेपाली, सृजना श्रेष्ठ, सुहेना गुरुङ्ग र सुस्मिता गुरुङ्ग छन् ।

बलिउडका चर्चित कलाकार राघव र वाइल्ड रिपर्सलाई पोखरा भित्र्याएर कार्यक्रम गरिसकेको एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रु र मिरर किंग इन्टरटेनमेन्ट प्रा.लिले बलिउडका चर्चित कलाकार धर्मेसलाई पोखरा भित्र्याउने तयारी गरिरहेको कार्यक्रम संयोजक अमन तामाङ्गले जानकारी दिए ।