चितवन पुगेर प्रचण्डले के भने ?


चितवन – काठमाडौं माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेसलाई लोकतन्त्र शब्द प्रयोग गर्ने अधिकार नरहेको बताएका छन् । चितवनमा उम्मेद्वारी दर्ता गराएपछि बामपन्थी गठबन्धनको संयुक्त सभामा बोल्दै प्रचण्डले चितवन र नेपालको समृद्धिको सपना बोकेर आफु चितवन आएको बताए ।
प्रचण्डले भने :
हामीले बामगठबन्धन बनाएपछि ठूलै भूकम्प आएको छ ।
कम्युनिष्ट एकदलीय व्यवस्था आउने भयो भनेर हल्ला गरिएको छ
हाम्रो बामपन्थी गठबन्धन र काँग्रेसको लोकतान्त्रिक गठबन्धन शब्द मिलेको छैन ।
हाम्रो बाम लोकतान्त्रिक गठबन्धन हो । काँग्रेसको दक्षिणपन्थी गठबन्धन हो ।
काँग्रेसलाई लोकतन्त्रको कुरा गर्ने हो अधिकार छैन । यस शब्दको हामीले अविस्कार गरेको हो ।
लोकतन्त्र शब्द प्रयोग गर्ने अधिकार काँग्रेसलाई छैन् ।
काँग्रेसले प्रजातन्त्र भने हुन्छ ।

काँग्रेसभित्रका लोकतन्त्रवादीहरु पनि प्रजातन्त्रवादीमा जाने छैनन् भन्ने मेरो आशा छ ।
अधिनायकवादकै कुरा गर्ने हो भने म गिरिजाबाबुलाई सम्झन्छु ।
गिरिजबावु मलाइृ भन्नुभएको गियो, देश तपाईलाई जिम्मा दिएर जादैछु ।
उहाँले काँग्ेस नेतालाई किन यस्तो भन्नुभएन ।
त्यसकारण हाम्रो बामपन्थी लोकतान्त्रिक गठबनन्ध हो ।
काँग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन हो ।
शान्तिपूर्ण तरिकाले समाजवाद स्थापना गर्न सम्भव छ ।
अरवौ भ्रष्टाचार गर्नेबाट नयाँ नेपाल सम्भव छैन ।
समृद्ध नेपाल सम्भव छैन काँग्रेसबाट ।

हामी नयाँ मिसनसहित आएका छौँ ।
तीन वटै क्षेत्र र ६ प्रदेशमा चुनाव जित्न मात्र आएको होइन ।
समृद्ध चितवन र नयाँ नेपालको आवेग लिएर आएको छौँ ।
हिजो हतियार उठाएको काँग्रेसले पनि उठाएको हो ।
एमाले पनि उठाएको हो ।
गणतन्त्र ल्याउन हामीले फाइनल गोल हानेको हो ।
एक दशकभित्र नेपाल संसारमै तिव्र विकास भएको देश बन्छ ।
चुनाव भाड्न दषिणपन्थी शक्ति सवै खालका कोशिष भएका छन् ।
अहिले म म सवै भन्दिनँ । समय आएको छैन् । केही कुरा लोकतन्त्रलाई अवरुद्ध गर्ने खालका छन् ।
देश दलाल र ठेकेदारलाई जिम्म लगाउन सकिन्नँ ।

अव विचार , आदर्श र मूल्यबाट देशको नेतृत्व हुनुपर्छ । हामी कम्युनिष्टले गर्ने हो ।
ठेक्काबाट देश चलाउन चाहनेलाई जवाफ दिनुपर्छ ।
हाम्रो गठबन्धनले काँग्रेसलाई पनि फाइदा भएको छ ।
बिजय गच्छदारलाई लिनुभयो ।
जोसँग गठबन्धन गर्नुस, गर्नुस् ।
तर, राजा भएको ठाउमा नजानुहोला ।
हामो काँग्रेससँग दुष्मनी छैन ।
एमाले पनि प्रतिपक्षजस्तो सरकारको विरोध गरेको छैन ।
हाम्रो पार्टी त सरकारमै छ ।
बरु सरकारले चुनाव गढबढ गर्छ कि भन्ने चिन्त छ ।
गिरिजाले काँग्रेसले हाछृ भनेको भए  संविधानसभाको चुनाव हुँदैन्थयो ।

उहाँले चुनाव र शान्ति आबश्यक छ भनेर कम्युनिष्ट विरोधी हुँदाहुादै पनि कम्युनिष्टसँग चुनाव गराउनुभयो ।
म प्रधानमन्त्री हुँदा मैले धेरै ध्यान दिइन् पार्टीले हार्छ भनेर । स्थानीय तहको चुनाव भयो ।
देउवाले पनि पार्टी हेर्नुभयो भने कलक लाग्न सक्छ ।
चुनाव गर्नुभयो भनेर इतिहासमा विगत पनि भूलिन्छ । उहाँको राम्रो इतिहास बन्न सक्छ
म चितवनमै हुर्केँ । यहीँ राजनीतिक प्रशिक्षण लिए ।
जनताले जे गरेपनि म तयार भएर यहाँ लड्न आएको हुँ ।
अरु जिल्लाबाट पनि चुनाव लडन अफर आएका थिए । रासस