मनाङमा निर्वाचनका लागि  ७७० सुरक्षाकर्मी परिचालन


मनाङ – हिमाल पारिको जिल्ला मनाङमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि  ७७० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेस्याङ, नार फु, चामे र नासोङ गरी चारवटा गाउँपालिका रहेको जिल्लामा २८ वटा मतदान केन्द्र रहेको छ । जिल्लामा निर्वाचनका लागि २२५ अन्य कर्मचारीलाई समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

जिल्लामा पाँच हजार ८८१ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ मा दुई हजार ७५० र प्रदेश क्षेत्र नं २ मा तीन हजार ७०७ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ र क्षेत्र नं २ मा १४÷१४ वटा मतदान केन्द्र रहेको छ ।

चामे गाउँपालिकामा ५, नासोङ र नेस्याङमा ९÷९ तथा नार फु गाउँपालिकामा ५ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयोे । रासस