अमले सहकारीद्धारा शैक्षिक सामाग्री वितरण


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोलेमनपा वडा नं. २२ का वडा अध्यक्ष मित्रलाल बरालले अमले सहकारी संस्थालाई प्रसंशा व्यक्त गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सदुपयोग गर्न आग्रह गरेका थिए ।

सहकारीको सातौं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरालेखनाथ–२२, पुम्दीभुम्दीमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार तथा गरिब परिवारका ६२ जना विद्यार्थीहरुलाई कपि, कलम लगाएत शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक विष्णुप्रसाद शर्माले वताए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीनाकुमारी वराल, विद्यालयका प्र.अ. हेमसागर वरालले सहकारी र विद्यालय विचको सम्बन्ध अझै प्रगाढ र फराकिलो बन्ने वताईन ।

सहकारीका अध्यक्ष माधव पहारीको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक विष्णुप्रसाद शर्माले कार्यक्रमबारे प्रकाश पारेका थिए भने उपाध्यक्ष डिल्लिराम बरालले स्वागत र सचिव खेमराज वराल(ध्रुब) ले संचालन गरेका थिए ।