सबै सालिकहरु जमुनाबोटमा राखिने, रिले अनसन स्थगित


पोखरा । पृथ्वीनारायण शाहको सालिक पुनः स्थापना संघर्ष समिति रिले अनसन स्थगित भएको छ ।

सहमती अनुसार शहरका बीच बीचमा आईल्याण्ड निमार्ण गरी राखिएका सालिकहरुलाई पोखरा लेखनाथ–१८ स्थित जमुनाबोटमा रहेको १०० रोपनी जग्गामा ससम्मान राखिने भनिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको तर्पmबाट नगर प्रमुख मानबहादुर जिसि र संघर्ष समितिका तर्पmबाट शंकर खरालले पाँच बुदेँ सहमती पत्रमा हस्ताक्षर गरे पछि अनसन स्थगित गरिएको घोषणा गरिएको थियो ।

आन्दोलन स्थगितको समयमा रानाभाट/भाट समाज पश्चिमाञ्चल क्षेत्रिय समितिका अध्यक्ष श्रीबहादुर रानाभाट सहितको टोलि दिउँसो दुई वजेदेखि अनसन वसेका थिए ।

उनिहरुलाई संघर्ष समितिका वरिष्ट सल्लाहकार डा. दिलबहादुर क्षेत्रिले जुस खुवाएर अनसन स्थगित गरिएको घोषणा गरिएको थियो ।

सहमती भएका बुँदा जस्ताको तस्तै राखिएको छ ।