कास्की कृतिम गर्भाधानमा देशमै ९ औँ स्थानमा


पोखरा – जिल्ला पशु सेवा कार्यालय कास्कीले आयोजना गरेको कृतिम गर्भाधान सम्वन्धी अन्तरक्रियामा वोल्ने वक्ताहरुले कास्की कृतिम गर्भाधानमा देशमै ९ औँ स्थानमा रहेको र सन्तोषजनक रहेको वताएका छन् ।

साथै जिल्लामा कृतिम गर्भाधानको संख्या वढ्दै गएको भनाई सहभागिको छ । आ.व. २०७३÷०७४ मा कास्कीमा करिव १९ हजार ५ सय २२ हजार पशुमा कृतिम गर्भाधान गरिएको र त्यो संख्या अघिल्लो वर्षभन्दा २२ प्रतिशतले वढी रहेको वताईन्छ । महानगरभित्र पुश विकासका कार्यक्रमहरु संचालन रहे पनि यस वर्ष गाउँपालिकाहरुले पशु विकास कार्यक्रमहरुमा बजेट विनियोजन नगरेकोले जिल्लामा कृतिम गर्भाधानको काममा समेत वाधा परेको वताईन्छ ।

कार्यक्रमका प्रमुख अतिथि पुश प्रजनन केन्द्र पोखराका प्रमुख रुद्रप्रसाद पौडेलले कृतिम गर्भाधानको संख्यालाई वढाउँदै नश्ल सुधार मार्फत किसानहरुको आय आर्जनमा वृद्धि गर्ने तर्फ लाग्नु पर्ने भनाई राखे । कार्यक्रममा क्षेत्रिय पशु सेवा निर्दैशनालयका निर्दैशक डा.राकेश प्रजापति, पुश विकास फार्म पोखराका फार्म निर्दैशक शम्भुराज पाण्डे, पोखरा लेखनाथ महानगर पशु सेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्याल, पशु सेवा कार्यालयका प्रमुख डा.पुरुषोत्तम त्रिपाठी तथा पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठ कृतिम गर्भाधानलाई प्रभावकारी वनाउनु पर्ने धारणा राखेका थिए । जिल्लामा सरकारी तथा प्राईभेट गरि ३८ जना कृतिम गर्भाधानकर्ताहरु रहेका छन् ।