सहकारी ऐन २०७४ को वारेमा अन्तरक्रिया कार्यक्रम


पोखरा –  कास्की बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सहकारी ऐन २०७४ को वारेमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा कास्की जिल्लाका बचत संघमा आवद्ध सहकारीका प्रमुख तथा प्रतिनिधि लगायत सहकारीकर्मीहरुको उपस्थिति थियो ।
कार्यक्रमका बोल्दै सहकारी अभियन्ता तथा अधिवक्ता डिल्लीराम तिवारीेले सहकारी ऐन २०७४ मा समेटिएका विषयका बारेमा प्रष्ट पारेका थिए । सहकारीबाट ऋण लिएर नतिर्नेलाई कालोसूचीमा राख्ने व्यवस्था रहेको उनले बताए । कसैले पुनः कसुर दोहो¥याएमा दोब्बर जरिवाना गर्न सकिने उनले बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकारी अभियान एक सुन्दर अभियान रहेको र सहकारीकर्मीहरु त्यस अभियानलाई सफल बनाउने दौडमा रहेको बताए । लामो मेहनत पछि सहकारी ऐन २०७४ आएकोमा आफूहरु खसी रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)का सञ्चालक भीम गुरुङले बताए । ऐनमा केही कुरा सुधार गर्नुपर्ने उनले बताए । सहकारी ऐन आएसँगै सहकारीकर्मीलाई बाटो खुलेको राष्ट्रिय सहकारी संघका सञ्चालन प्रभा कोइरालाले बताइन् ।

कास्की बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नारायण आचार्यले राखेका थिए भने सञ्चालन दीपक आचार्यले गरेका थिए ।