नेपाली काँग्रेस वि.पि.को तर्फबाट रानाभाटको उमेद्वारी


पोखरा । नेपाली काँग्रेस वि.पि.का केन्द्रिय सदस्य चन्द्रबहादुर रानाभाट कास्की क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको सदस्य पदमा उमेद्वार चयन भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ निवासी लामो समय नेपाली काँग्रेसमा क्रियाशिल सदस्य चन्द्रबहादुर रानाभाट नेपाली काँग्रेस परित्याग गरि नेपाली काँग्रेस (विपि) पार्टीमा प्रवेश गरेको शनिबार एक कार्यक्रममा वताए । उनले गत कार्तिक १६ गते बिहिबार निर्वाचन कार्यलयमा गई उमेद्वारी दिएको र चुनाव चिन्न करुवा भएको वताए ।

नेपालको राजनितिमा २०३३ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहेका रानाभाट पञ्चायती शासनको विरुद्ध २०३६ सालमा बहुदलको प्रचारप्रसारमा लागेको वताए । २०३८ सालमा राष्ट्रिय पञ्चायतका सदस्यहरुलाई बहिस्कार गर्ने नेपाली काँग्रेसको निति अनुसार शसक्त भएर लागेको साथै तत्कालिन राखी गाउँ ईकाइ सभापति भएका रानाभाट नेपाली काँग्रेसको पहिलो क्रियाशिल सदस्यता लिने व्यक्ति भएको पनि वताए ।

२०३८ सालमा नेपाली काँग्रेसको तर्फबाट वडाको जनप्रतिनिधि चयन भएका उनि २०४२ सालमा नेपाली काँग्रेसले संचालन गरेको सत्याग्रहमा लागेका कारण १३ दिनसम्म जेलको चिसो हावा खानु परेको वताए ।

२०४६ सालको जनआन्दोलनको समयमा काठमाण्डौको चास्नीवारीमा भएको नेपाली काँग्रेसको आम सभामा नारायणदत्त भाटलाई आफ्नो खर्चमा लगेका उनले त्यहाँबाट श्री चन्द्र शेखरको बहुदलको पक्षमा वोलिएको भाषणका क्यासेट प्लेयरहरु ल्याइ गाउँमा प्रचारप्रसार गरेको वताए ।

उनि राखी गाउँ पञ्चायतलाई बहुदलको गाउँ घोषणा पछि राखी गाउँ विकास समितिको चुनावमा उपाध्यक्ष पदमा निर्वाचित भएको वताए । उक्त पदमा रहदाँ २०५४ सालसम्म गाउँको विकास निमार्ण, सामाजिक कार्यमा सक्रिय भई लोकप्रियता कमाएका उनले २०५६ सालमा कास्की जिल्ला सुकुम्वासी आयोगको सदस्य भई कार्य गरेको वताए । पार्टी विभाजित भएपछि नेपाली काँग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सदस्य भएका थिए ।

 

हाल उनि नेपाल रेडक्रस सोसाइटी राखी शाखाको उपसभापति, भवानी कालिका माविका सल्लाहकार, गाउँ फर्क माविको सल्लाहकार, जटेश्वर महादेव धार्मिक संस्थाका सल्लाहकार, सामुदायिक प्रहरी सेवा केन्द्रको आजिवन सदस्य, लेखनाथ लायन्स क्लबको पुर्व अध्यक्ष, रानाभाट÷भाट समाजको क्षेत्रिय वरिष्ट उपाध्यक्ष साथै विभिन्न टोल विकास संस्था, वाटो उपभोक्ता समिति, खानेपानी उपभोक्ता समितिहरुमा सक्रिय रहेकोले आफुले चुनाव जित्ने वताए ।