छोरेपाटन माविमा विद्यार्थी पुनः मिलन कार्यक्रम


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविमा पुर्व विद्यार्थीहरुको पुनः मिलन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

सो विद्यालयबाट २०४६ सालमा एसएलसी दिएका विद्यार्थीहरुका विच पुनःमिलन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम संयोजक खेमराज वराल (ध्रुव)ले वताए ।

साथै भेलाले सोही व्याचकी हाल देवदह नगरपालिकाको उपमेयर पदमा विजयी विद्यालक्ष्मी गुरुङलाई आगामि माघ २० गते सम्मान तथा उक्त समयमा छोरेपाटन माविमा अध्यापन गराउने सम्पुर्ण शिक्षकहरुलाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।