महिला उद्यमी संघ कास्कीमा गुरुङ


पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार कासी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरी सम्पन्न भयो ।

संघको प्रथम उपाध्यक्षमा पार्वती पौडेल रेग्मी, दितिय उपाध्यक्षमा मिना बराल, सचिवमा किरण गौतम, कोषाध्यक्षमा शारदा बराल भुजेल र सदस्यहरुमा एलिना बराल, सर्बदा गैह्रे, गोमा आचार्य र प्रतिभा गैह्रे सर्वसम्मत चयन भएका छन् ।


प्रमुख अतिथि पोलेमनपाकी उपमेयर मञ्जुदेबि गुरुङले कार्यक्रमको उद्घाटन गर्दै महिला उद्धमशिलताको लागि नगरपालिकाबाट हुन सक्ने सहयोगलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।

महिला उद्दमी महासंघ नेपालकि केन्द्रिय अध्यक्ष शारदा रिजालले संघले सरकारी निकायसंग मिलेर काम गर्न इच्छुक भएको र महिला उद्दमीलाई प्रोत्साहित गर्ने कार्य गर्नुपर्ने बताइन् ।


महिला उद्दमी संघ पर्वत जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य सरस्वती भण्डारीले महिलालाई आय आर्जनमा लाग्न प्रेरित गरी आत्मनिर्भर हुन सहयोग पुग्ने बताइन ।

संस्थापक अध्यक्ष मिना गुरुङको संयोजकत्वमा सीता गुरुङ र कुलदेबी बराल सदस्य रहेकोे निर्वाचन मण्डल गठन गरिएको थियो ।

सो अवसरमा महिला उद्यमी संघ नेपाल कास्कीकी अध्यक्ष देवकी बरालले उद्यम, ब्यबसाय गरेर बसेका महिला दिदिबहिनीहरुलाइ संगठित गरि उद्दमशिलताको बिकास गर्न, स्वरोजगार वढाउन सहयोग पुगेको वताईन ।

कार्यक्रममा सचिव किरण गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले आगामि दिनमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न निकाय संग समन्वय गरी अगाडि बढ्ने वताईन्।

त्यस्तै कोषाध्यक्ष पार्वती पौडेल रेग्मीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आर्थिकको अभावमा महिला उद्यमी दिदिबहिनीहरुको सोच अनुसार कार्यक्रम गर्न नसकिएको वताईन ।

सदस्य शन्तु कुमारी गुरुङले महिलाले अधिकार पाए नि घरमा पुरुषहरूको बोलबाला चल्ने भएकोले महिला आफू सक्षम हुनुपर्ने बताइन् ।

संघकी अध्यक्ष देवकी वरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष कासी गुरुङले स्वागत र संचालन सचिव किरण गौतमले गरेकी थिईन ।