आदित्यको एकल फोटो प्रर्दशनि


पोखरा । आदित्य चन्दको एकल फोटो प्रर्दशनि सुरु भएको छ । यहि कार्तिक १७ बाट २१ गते सम्म पोखरा महेन्द्रपुलमा अवस्थित पोखरा आट ग्यालरीमा प्रर्दशन भइरहने फोटो ग्राफर आदित्यले जानकारी दिएका छन ।

पाँच दिनसम्म प्रर्दशन हुने उक्त कार्यक्रममा करिब ३५ बटा फोटाहरु प्रर्दशन गरिएको छ । बिषेश गरि हिमाल क्षेत्रको बढी तस्बिर खिच्ने रुचि भएका आदित्यले प्रर्दशनिमा पनि हिमाल र त्यस क्षेत्रको मनोरम द्रश्यका तस्बिरहरु प्रर्दशनीमा राखेका छन ।

धुलिखेल निवासी चन्द विगत १३ बर्ष देखी पोखरामा बसेर फोटो ग्राफर सम्वन्धि ज्ञान लिएका चन्दले पोखराको फोटो प्रर्दशनि पछि लगतै काठमान्डौमा एक दिने एकल फोटो प्रर्दशनि गर्ने जानकारी गराएका छन ।

शुक्रबार देखी मंगलबार सम्म चल्ने पर्दशनिमा करिब २ हजार देखी ३ हजार दर्शकले सहभागिता जनाउने अनुमान उनको रहेको छ । दैनिक ७ सय देखी ८ सम्म दर्शकहरुले आफ्नो आफ्नो प्रर्दशनिमा सहभागि भएको उनले जानकारी दिदै आफु प्रर्दशनिबाट निकै उत्साहित भएको बताउदै निकट भविष्यमा नेपाल भरिनै आफ्नो कला पर्दशनि गर्ने योजना रहेको उलने बताएका छन ।

आट मार्केट पोखराको आयोजनामा प्रर्दशनि गरिएको कार्यक्रममा हिमाल सहित हिमाल पारिका जिल्लाहरु मनाङ र मुस्ताङ मिनोरम द्रश्यहरुलाई पनि प्रर्दशनिमा राखिएको छ । कार्यक्रममा अवलोकन गर्नेका लागि दर्शकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिको आयोजकले जानकारी दिए ।