कास्कीमा ९५ जनाको उम्मेदवारी कायम, पालिखेले उम्मेदवारी फिर्ता लिएनन्


पोखरा – कास्कीमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ३ गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तर, कास्की क्षेत्र नम्वर​ २ ‘ख’मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नरेश शंकर पालिखेको भने उम्मेदवारी फिर्ता भ​एको छैन् ।निर्वाचन आयोगले तोकेको आइतबार​​ दिउँसो १ बजेसम्ममा नेपाली कांग्रेसका ३ जना बागी उम्मेद्वारले उम्मेद्वारी फिर्ता गरेका छन् । निर्वाचन कार्यालय कास्कीका अनुसार कास्की क्षेत्र नम्बर १ का कांग्रेसका बागी उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की, कास्की १ को प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्वार राम बहादुर केसी र असीम बक्स मियाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

उनीहरुको बागी उम्मेद्वारी फिर्ता भएसँगै कांग्रेसका आधिकारिक उम्मेद्वारलाई थोरै भएपनि राहत मिलेको छ ।उम्मेद्वारी फिर्ता लिएकाहरुले कांग्रेसका आधिकारिक उम्मेद्वारहरुलाई आफूहरुको समर्थन रहेको जनाएका छन् ।त्यस्तै, कास्की क्षेत्र नम्बर १ को प्रतिनीधि सभा सदस्यका उम्मेद्वार एकीकृत राप्रपा राष्ट्रवादीका सञ्जय कार्की र कास्की १ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार नारायण गुरुङले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।यसअघी कास्की १ को प्रदेश नम्बर १ का बाम गठबन्धनका बागी उम्मेद्वार टिकाराम पंगेनीको भने उम्मेद्वारी रद्ध भइसकेको छ । पंगेनी बिरुद्ध सरकारी सेवामा कार्यरत रहेको प्रमाण सहित उजुरी परेपछि उनको उम्मेद्वारी रद्ध भएको हो ।

यसैबीच, कास्की २ को प्रदेश नम्बर २ मा कांग्रेसबाट बागी उम्मेद्वारी दिएका नरेशशंकर पालिखेको उम्मेद्वारी भने कायमै रहेको छ ।उनले आज तोकिएको निर्धारित समयमा उम्मेद्वारी फिर्ता नलिएका हुन् ।पालिखे पोखरामा असल र इमान्दार कार्यकर्ताका रुपमा परिचित भएपनि पटक/पटक आफूभन्दा जुनियरलाई टिकट दिएपछि रुष्ट भएर उनले बागी उम्मेद्वारी हालेका हुन् ।पालिखेको उम्मेद्वारी फिर्ता नभ​एपछी सोही क्षेत्रका कांग्रेसका आधिकारीक उम्मेद्वार बिन्दु कुमार थापालाई धक्का लाग्ने भएको छ । ५ जनाको उम्मेद्वारी फिर्ता र एक जनाको रद्ध भएपछि अब कास्कीमा ९५ जनाको उम्मेदवार कायम भएको कास्कीका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।