अस्पताल तोडफोड प्रति अफिन गण्डकी धौलागिरीको  ध्यानाकर्षण


पोखरा – पोखराको नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा सुत्केरीको ज्यान गएपछि आन्दोलित आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । चिकित्सको लापरबाहिले सुत्केरीको ज्यान गएको भन्दै शुक्रबारदेखि आन्दोलनमा उत्रिएका पिडित पक्षले आइतबार साँझ अस्पतालमा तोडफोड गरेका हुन् । शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारी १ की गीता अर्याललाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । १९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले सुत्केरी हुँदैमा भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप छ । अस्पतालले सुत्केरीको चिसोका कारण फोक्सोमा पानी जमेकाले ज्यान गएको बताएको छ ।गत कार्तिक १० गते शुक्रबार बेलुकी गण्डकी मेडिकल कलेज पुगेकी अर्यालले भोलिपल्ट शनिबार बिहान ११ बजे छोरो जन्माएकी थिईन् । त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा थिईन् । आफन्तजनले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने बताएका छन्।

यसैबिच,  सुत्केरीको मृत्यु भ​एको बिषयलाई लिएर आफन्तहरु तोडफोडमा उत्रिएको भन्दै निजी अस्पतालहरुको छाता संगठन अफिन गण्डकी धौलागिरी समितिले गम्भिर  ध्यानाकर्षण भ​एको जनाएको छ । समितीका सचिब नरेन्द्र बास्तोलाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ” गण्डकी मेडिकल कलेज पोखरामा मृतकका आफ्न्तद्धारा गरिएको तोडफोड एंव स्वास्थ्य कर्मीहरुमाथी भएको दुरव्यवहार प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । जुनसुकै वहानामा होस स्वास्थ्य सेवा प्रदान गर्ने अति शंवेदनशिल  क्षेत्र भित्र प्रवेश गरि तोडफोड गरिनु अपराध जनक क्रियाकलाप हो । अस्पताल जस्तो शंवेदनशिल क्षेत्रको सुरक्षामा राज्य का निकायहरुको उचित व्यवस्थापन नहुनु एवं यस किसिमको अकल्पनिय कार्य हुनु अत्यन्त निन्दनिय विषय हो । तसर्थ उक्त अपराधजन्य क्रियाकलापको घोर भत्सर्ना गर्दछौ र उक्त तोडफोडको घटना जो जसले गरेको हो छानविन गरि घटनामा संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनको साथै  तोडफोडवाट भएको क्षतिको क्षतिपुर्तिका लागी निजी अस्पतालहरुको छाता संगठन अफिन जोडदार माग गर्दछ । “

अफिन गण्डकी धौलागिरीको ध्यानाकर्षण

विज्ञप्तीमा अस्पतालमा विरामीको मृत्यु भएमा चिकित्सक वा अस्पताल दोषी ठहरिएमा कारवाहीको कानुनी प्रक्रियामा जाने प्रावधान हुदाहुदै मृत्यु हुने वित्तिकै तोडफोडमा उत्रने संस्कृती मौलाउदै गयो भने एक दिन उपचारको अभावमा जो कोही पनी मर्नुपर्ने दिन नआउला भन्न सकिदैन भनिएको छ ।साथै विरामीको उपचारमा अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सम्मान गर्दै उक्त घटनासँग सम्बन्धित सबैलाई  कानुन बमोजिङ कारवाही गर्न पनि समितीले आग्रह गरेको छ । यस्तै निजी अस्पतालहरुको छाता संगठन अफिन गण्डकी धौलागिरीले  गीता अर्यालको मृत्यु प्रति  गहिरो दुःख व्यक्त गर्दै शोक शन्तव्द परिवार प्रति हार्दिक समवेदना पनि ब्यक्त गरेको छ । साथै अस्पताल प्रशासनले पनि विज्ञप्ती मार्फत​ जिल्ला प्रशासन कार्यलय कास्की समक्ष शान्ती सुरक्षाको माग गरेको छ ।