कास्की क्षेत्र नम्वर ३ मा बाम गठबन्धनको चुनावी अभियान  शुरु


पोखरा – पोखरा लेखनाथ १९ लामाचौरबाट बाम गठबन्धन क्षेत्र नम्वर ३ को चुनावी अभियान  शुरु भएको छ ।

चुनावी सभा एवं घरदैलो अभियान अन्तर्गत आज भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश नम्वर ४ का सहसंयोजक गणेश तिमिल्सिनाले नेपालमा दुई तिहाई बहुमतको सरकार बनाएर नेपाल र नेपाली जनतालाई समृद्धि एवं सुखी बनाउनको लागि आगामी निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी भारी मतका साथ विजयी गरान अनुरोध गरे । सोहि क्रममा बाम गठबनधन एक भएर अघि बढेको बेलामा उता दक्षिण पन्थीहरु जुट्न खोजे पनि विभिन्न कारणले गर्दा एक हुन नसकिरहेको बताउँदै अव निर्वाचन लगत्तै वाम गठबन्धनको पार्टी एकता हुने बताए ।

कार्यक्रममा प्रतिनिधी सभा उम्मेदवार कास्की क्षेत्र नम्वर ३ का जगत विश्वकर्माले आफ्नो उम्मेदवार देश विकास र समृद्धिका लागि भएको बताउँदै सम्पूर्ण लामाचौर वडावासी मतदाताहरुलाई बाम गठबन्धनको अभियानमा एकजुटका साथ लागि सुर्य र गोलाकार भित्रको हसियाँ हथौडामा मतदान गरी विजयी गराउन अपिल गरे ।

त्यसै गरी क्षेत्र नम्वर ३ क का प्रदेश सभाका उम्मेदवार रामजी बरालले यो बाम गठबन्धनले सिंगो राष्ट्र र जनतालाई मौलिक हक अधिकारलाई कुण्ठित हुन नदिन एकैसाथ निर्वाचनमा उत्रिएको र बाम गठबन्धनको एकता आवश्यक भएको बताए । उनले देशका लागि यस लामाचौर वडा नम्वर १९ बाट आफ्नो ज्यान आहुती दिएका केहि शहिद व्यक्तिलाई सम्झदै उनीहरुको सपना साकार पार्नको लागि र ग्रामिण विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।