शनिबार पोखरामा बृहत रक्तदान कार्यक्रमको आयोजना हुने


राजाराम पौडेल,पोखरा – पोखरामा कात्तिक २५ गते शनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पाँचवटा लायन्स क्लवको संयुक्त आयोजनामा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको लायन्स क्लब अफ पोखरा सृजना चौतारीका अध्यक्ष कलाधर बाँस्तोलाले बताए । कार्यक्रममा उपस्थित भइ रक्तदान गर्नको लागि बाँस्तोलाले सबैमा आग्रह गरेका छन् । बिहान ७ बजे विपिचोक चिप्लेढुङ्गामा हुने कार्यक्रममा बढी भन्दा बढी रगत संकलन गर्न पाँचवटै क्लव जुटेका छन् ।

लायन्स क्लब अफ पोखरा सृजना चौतारी तथा उसले स्पोन्सर गरेका फेमिली क्लबहरु पोखरा बिरौटा साझा चौतारी, पोखरा फेवा बेगनास चौतारी, पोखरा यूनिक चौतारी र पोखरा सफल चौतारीको संयूक्त आयोजनामा कार्यक्रम हुनेछ । कार्यक्रममा २ सय युनिट भन्दा बढी युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष पुरुषोत्तमराज भण्डारीले बताए ।

‘रक्तदान जिनवदान’ भन्ने नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा सम्पूर्ण लायन्स मित्र तथा सर्वसाधरणमा उपस्थितीको लागि लायन्स क्लव अफ विरौटा साझा चौतारीकी अध्यक्ष सिता पहारीको आग्रह छ ।
देशका बिभिन्न अस्पातलहरुमा रगतको अभाव हुन लागेकोले रगतको अभावमा कोहिकसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उद्धेश्य रहेको संयोजक बाँस्तोलाको भनाइ छ । ‘कार्यक्रममा उपस्थित भएर जोकोहिले रक्तदान गर्न सक्नेछन् ।’ उनले भने ।