पोखरामा वामगठबन्धनका उम्मेदवारले प्रयोग गर्ने सवारीसाधन तोडफोड


पोखरा – वामगठबन्धनका तर्फबाट कास्कीको क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्माले प्रयोग गर्ने सवारीसाधन तोडफोड भएको छ । मंगलबार राती पार्किंग गरेर राखिएको ठाँउमा तोडफोड भएको हो । बाम गठबन्धन अन्र्तगत नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका विश्वकर्माले प्रयोग गरेको ग१य ७२८ नम्बरको पर्यटक गाडी तोडफोड भएको हो । तोडफोडबाट गाडीको पछाडिको शिशा फुटेको छ ।

आफ्ना सहयोगीहरुसहित राती करीक नौ बजे पोखराको न्यूरोडस्थित होटलमा बसेर खाना कान लागिरहेको अवस्थामा आफ्नो गाडी तोडफोड भएको उम्मेदवार विश्वकर्माले जानकारी दिएका छन् । उनले मादकपदार्थ सेवन गरेको कुनै व्यक्तिले गाडी तोडफोड गरेको हुनसक्ने अनुमान गरे ।
यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले घटनाको पुष्टि गर्दै घटनाको बारेमा अनुसन्धान भईरहेको र कोही कसैलाई पक्राउ नगरिएको जानकारी दिए ।गाडी तोडफोड गरिएको प्रति एमाले नेता कार्यकताले ब्यापक विरोध गरेका छन् । उनीहरु सामाजिक सञ्जाल फेसबुकमा तोडफोडको विरोध गदै हारको मानसिकताबाट गरिएको आरोप समेत लगाएका छन् ।