आमिरको रेडियोले इज्जयत जोगायो


मुम्बई –

बलिउडमा सलमान खानको फिल्म किकको राम्रो ब्यापार गरेर चर्चा भइरहेको बेला एक्कासी मिडियाको ध्यान आमिर खान तानेका छन् ।
उनले आफ्नो नयाँ रिलिज हुने चलचित्र पीकेको पोष्टर सार्बजनिक गर्दै सबैको ध्यान केन्द्रित गरेका हुन्। तर उनेको पोष्टरमा आफ्नो नाङ्गो शरीरलाई एउटा रेडियोले ढाकेर सबैलाई चकित पारेका छन् , सधै भद्र र शालिन स्वाभाबका अमिरको यो रुपमा पक्कै राम्रै कहानी लुकेको अपेक्षा गरिएको छ

केही समय पहिले फिल्म धुम ३ मार्फत धुम मच्चाएका आमिर अभिनित फिल्म पीकेको चर्चा बढेको छ । चलचित्रमा फरक भुमिका चयन गर्ने आमिर खानको फिल्म पीकेको पोष्टर पनि फरक रुपमा सार्वजनिक भएको छ ।

सबैलाई अचम्ममा पार्दै आमिर खान पोष्टरमा नागिंएका छन् । डिसेम्बर महिनामा रिलिज हुने फिल्म पीकेको पोष्टरमा आमिर खानको नांगो रुप देख्न सकिन्छ ।

राजकुमार हिरानीले निर्देशन गरेको पीकेमा आमिरको साथमा अभिनेत्री अनुष्का शर्माको पनि अभिनय रहेको छ ।