प्रधानमन्त्री देउवा पत्नी आरजु धनगढीमा घर किन्ने


काठमाण्डौ – कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन्।

बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरू गरिसकेकी छिन्।

उनले धनगढी ४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधा सम्पन्न घर किन्ने तयारीमा रहेकी हुन्।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्यकर्तासँग कुरा गरिरहेकी थिईन्। कुरो मिलेमा घर किन्ने तयारीमा रहेको बताइन्। ‘कुरो चलिरहेको छ, मिलेमा किन्छु,’ उनले भनिन्।  पर्यटक उम्मेद्वार भनेर विपक्षीले चर्को नारा नगाएपछि मतदातालाई भड्किन नदिँन उनले धनगढीमा  घर किन्ने निर्णय गरेकी हुन्। ‘म २५ वर्षदेखि यहाँ आइरहेको छु। म कसरी पर्यटक भएँ, नियमित यहाँ बस्नका लागि घर किन्ने तयारीमा छु,’ उनले भनिन्। आजकोनागरिक दैनिकले खबर लेखेको छ ।