प्रदेश नम्वर चारलाई समृद्ध बनाउछौ – पहारी


पोखरा – पोखरा लेखनाथ वडा नम्वर २४ कास्कीकोटमा बाम गठबन्धनको निवाचयन कार्यालय स्थापना गरिएको छ ।कार्यालयको क्षेत्र नम्वर ३ (ख)का उम्मेदवार युवा नेता राजीव पहारीले उद्घाटन गरेका छन् । कार्यालयको उद्घाटन गदै उनले देशमा राजनीतिक स्थायित्व र विकासका लागी गठबन्धनबाट आफुलाई जिताउन मतदातालाई आग्रह गरे । उनले कास्कीकोट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउदै पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने गरि अगाडी बढने बताए । उनले प्रदेश ख को समग्र विकासका लागी सराकोट, कास्कीकोट, पुम्दीभुम्दी हुदै छोरेपाटन जोडने गरि चक्रपथ निर्माण गर्ने बताए ।

उनले प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटका हिसावले महत्वपूर्ण प्रदेश रहेकाले यहाँ स्रोत र साधनको प्रयोग गदै रोजगारीको सृजना गरि युवाहरुलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्ने बताए । पहारीले प्रदेश नम्वर चारलाई समृद्ध बनाउने बताउदै बामगठबन्धन राजनीतिक स्थायित्व र समृद्धिका लागी भएको बताउदै त्यसका लागी आफुलाई विजय बनाउन आग्रह गरे । कार्यक्रममा समानुपातिक उम्मेदवार मित्रकुमारी गुरुंग, माओबादी नेतृ गोमा ढकाल लगायतले बाम गठबन्धनलाई जिताउन आग्रह गरे । उम्मेदवार पहारीले कार्यालय उद्घाटनपछि घरदैलो समेत गरेका थिए । उनी जनताको घरदैलोमा पुगेर मत माग्दै आफुलाई जिताउन आग्रह समेत गरेका थिए ।