महेन्द्र राष्ट्रिय आधारभूत बिद्यालयलाई एक लाख सहयोग


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० भलाममा रहेको महेन्द्र आधारभूत बिद्यालयलाइ सहयोग हस्तान्तरण गरिएको छ ।

वानहुवा झेन्सिङ एजुकेशन फाउन्डेसन ताइवान र हुइ गाउङ मोरल स्टडी सेन्टर सिङगापुरका नेपाल प्रतिनिधि यामबहादुर गुरुङले एक लाख रुपैयाको चेक शुक्रबार विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् ।

सो अबसरमा जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जि.शि.अ. दामोदर सुबेदीले संस्थाले स्कुलमा पाइला टेकेको सुरुको अवस्था र अहिलेको अवस्था कायापलट भएको वताउँदै आगामी शैक्षिक बर्षमा नयाँ योजना अनुसार बिद्यालय चल्ने विश्वास व्यक्त गरेका थिए । उनले वाल मैत्री पुर्ण बनाउन बिद्यालय लागि पर्नुपर्ने बताए ।

संस्थाका नेपालका प्रतिनिधि यामबहादुर गुरुङले विद्यालयको भौतिक संरचना कमजोर भएकोले संस्थाले सहयोग गरेको र हाल वाल कम्पाण्डमा फलामको बार लगाउन पनि बिद्यालयले सहयोगको लागि अनुरोध भएकोले उक्त रकम हस्तान्तरण गरेको बताए । साथै उनले सबै काम समयमै सकिनेछ भन्ने आशा व्यक्त गरेका थिए । उनले उक्त विद्यालयलाई जस्तापाता, रङ्ग, कार्पेट, पि फार्म दराज, र्याक, कम्प्युटर प्रिन्टर, फोटोकपि मेसिन लगाएतको सामाग्री सहयोग गरिसकेको पनि वताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर घर्ती, प्रधानाध्यापक नारायणप्रसाद गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष रुद्रबहादुर रानाले बिद्यालयको भौतिक पुर्वाधार लगभग पुरा भएको वताउँदै गुणस्तरिय शिक्षामा जोड दिने वताए ।