मसल र मुड्भेटलाई रोक्नु नै ठुलो सुरक्षा चुनौती : निर्वाचन आयुक्त पौडेल


पोखरा –  दलहरुले मनि, मसल र मुड्भेट गरे चुनाब जित्ने लागेका कारण सबै भन्दा ठुलो सुरक्षा चुनौती रहेको निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले बताएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षा गोष्ठी प्रदेश नम्बर ४ र ५ को पोखरामा उद्घाटन गर्दै मनि, मसल र मुड्भेटलाई रोक्नु नै ठुलो सुरक्षा चुनौती रहेको बताए ।

‘राजनैतिक दलले शक्ति प्रर्दशन गर्न, मसलको प्रयोग गर्न, पैसाको खोलो बगाउने काम गरिरहेका छन्,’ उनले भने— ‘सुरक्षा निकायले त्यसलाई रोक्न सके निर्वाचन स्वच्छ, निस्पक्ष र स्वतन्त्र हुन्छ ।’ उनले निर्वाचन विरोधी गति विधि गर्ने सशस्त्र समुह समेत रहेको बताए । उनले विप्लप समुह, सिकेराउत समुह र खुल्ला सिमाना चुनावका लागि सुरक्षाको दोस्रो चुनौती रहेको बताए ।

उनले चुनावको आचार सहिता मिच्ने पनि सुरक्षा चुनौती रहेको बताए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि खर्चको निधारण गरेको बताउदै त्यो भन्दा बढि खर्च गरेर मतदातालाई प्रभावमा पार्न सक्ने उनले बताए । कार्यक्रममा गृहसचिब मोहन कृष्ण सापकोटाले स्वतन्त्र निपक्ष र सुरक्षी निर्वाचन गर्न सुरक्षा निकाय लाग्नु पर्ने बताए । उनले पहिलो चरणमा सृुरक्षामा देखिएका केही चुनौतीलाई निराकण गरेर सुरक्षा दिदै आगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी पुर्णचन्द्र थापा, उपरथी देबेन्द्र बहादुर मेघासी, शसस्त्र प्रहरी महानिरिक्षक सिहबहादुर श्रेष्ठ, नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल लगाएतको सहभागीता रहेको छ । प्रदेश ४ र ५ का १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले आफ्नो जिल्लाको सुरक्षाका बारेमा जानकारी दिइ छलफल गर्ने छन् । छलफल पछि निर्वाचनका लागि नयाँ सुरक्षा योजना बनाउने सहभागीले जानकरी दिए ।