राज्यको चौतर्फी विकासका लागि असल करदाताँको खाचो रहेकोमा जोड


पोखरा – आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत केशब कुमार उप्रेतीले राज्यको चौतर्फी विकासका लागि असल करदाताँको खाचो रहेकोमा जोड दिदै ईमान्दार कर दाताँलाई राज्यको तर्फबाट पनि सम्मान हुने धारणा बताउनु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको कर सम्वन्धि प्रशिक्षण तथा स्वागत कार्यक्रमा बोल्दै प्रमुख कर अधिकृत उप्रेतीले उद्योग वाणिज्य संघ र कर कार्यालय एक सिक्काका दुई पाटा भएको बताउनु भएको थियो । राष्ट्रलाई तिरेको करबाट नै देशको विकास हुनेहुदा सवैले पारदर्शी रुपमा कर तिर्र्न आग्रह गर्नुभएको थियो ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमका सहभागीहरुले कर प्रणालीले साना ब्यवसायीहरुको हक हितका सवालमा काम गर्न नसकेको गुनासो राख्दै कर प्रणालीलाई सरल र ब्यवस्थीत बनाउनु पर्ने सुझाव राखेका थिए ।
विभिन्न वस्तुगत संघ र विभिन्न बजार व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधि र संघका कार्यसमितिहरुको सकृय उपस्थिति रहेको उक्त कार्यक्रममासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य बाबुराम गिरी, पूर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार सुमन भटराई, निर्बतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगाएतले नयाँ कर प्रणालीका वारेमा ब्यवसायीहरुलाई जानकारी गराउनु पर्ने धारणा राख्नुभएको थिए ।

लेखनाथ भर्खरै मात्र शहर उन्मुख महानगरपालीका भएका कारण यहाँका अधिकाशं व्यवसायीहरुमा कर सम्वन्धि जानकारी नभएकाले यसमा कर कार्यालयले बढि जोड दिनुपर्ने र सम्पूर्ण कर दाताले आफुले राज्यलाई बुझाउनु पर्ने कर तिरेर आफ्नो दायित्व पुरा गर्नुपर्ने धारणा राख्नुभएको थियो । संघका महासचिव भरतकुमार अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकाल धन्यवाद मन्तव्य राख्नुभएको थियो ।